सवा करोड खर्चिएको पिसिआर मेसिन बिग्रियो

0
34
फाइल तस्बिर

बैशाख१७,२०७८ : महोत्तरीको बर्दिवास स्थित बर्दिवास अस्पतालमा करोडौंको लगानीमा खरिद गरिएका दुई वटा पिसिआर मेसिन प्रयोगविहीन बनेर थन्किएको छ।

अस्पतालको पिसिआर मेसिन सूचारु नहुँदा कोरोना परीक्षण गराउनेहरू भौंतारिरहनुपरेको छ। परीक्षण गर्न खरिद गरिएको दुई वटा पिसिआर मेसिन जनशक्तिको अभावमा गत फागुन महिनादेखि ठप्प छ।

बर्दिबास नगरपालिकाले गएको भदौमा सवा करोडको लगानीमा दुई वटा पिसिआर मेसिन खरिद गरेर कोरोना भाइरस संक्रमण परीक्षण सुरु गरेको थियो।

अहिले दोस्रो चरणको कोभिड संक्रमितको संख्या बढिरहँदा पनि बन्द रहेको पिसिआर मेसिन सञ्चालनमा ल्याउन सरोकारवाला निकायले कुनै चासो देखाएको छैन। जसले गर्दा कोरोना भाइरस संक्रमण परीक्षण गराउनेलाई समस्या हुन थालेको छ।

बर्दिबास प्रदेश २ को अस्थायी राजधानीको मुख्य प्रवेशद्वार तथा देशैभरिका प्रमुख सहर जाने नाका हो। यहाँ भारत प्रवासमा रहेका तथा कामको सिलसिला भारत गएका नेपाली नागरिक भित्रिने क्रम पनि बढेको छ। जसले गर्दा बर्दिबासबासीमा एक किसिमको त्रास फैलिएको छ।

SHARE