तनहुँमा स्कुटर दुर्घटना, दुईजनाको मृत्यु

0
237

बैशाख १६,२०७८ तनुहूँ : तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार बेलुका ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ छुटेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। सन्देशको दमौली अस्पतालमा र पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको तिमिल्सिनाले जानकारी दिए।

SHARE