बुटवलमा हत्या गरी शव लुकाउन बागलुङ

0
212

बैशाख ३,२०७८बुटवल : बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पार्यो‍। घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो।

शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो। प्रहरीलाई मृतकले लगाएको कपडाभित्रका कागजातले अनुसन्धानमा निकै सहज बनायो।

वेवारिसे शवका विषयमा सबैतिर जानकारी गराउँदा बुटवलबाट एक युवक चैत्र ४ गतेदेखि हराएको सूचना बागलुङ प्रहरीमा आएपछि अनुसन्धानको दायरा साँघुरिँदै आयो। बुटवलमा हराएको युवाका आफन्त बिहीबार बागलुङ आएपछि अन्ततः शवको पहिचान खुल्यो। ढोरपाटन–२ रिनाममा गाडिएको अवस्थामा फेला परेको शव नवलपरासी जिल्लाको देवचुली नगरपालिका–३ केवरानीका नारायण बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

SHARE