चैत ३०,२०७७ कास्की : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा यसको पुष्टि गरिएको छ। योसँगै गण्डकीमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या दुई सय सात पुगेको छ।
निर्देशनालयका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको उपचारको क्रममा चरक मेमोरियल अस्पताल पोखरामा आइतबार मृत्यु भएको हो। चैत २३ गते सङ्क्रमणको पुष्टि भएका ती पुरुषमा निमोनिया सहितको श्वासप्रश्वासको समस्या लगायतका रोगहरू देखिएका थिए।
मृत्यु भएका अर्का जना पुरुष कास्कीको पोखरा महानगरपालिकाका हुन्। ७८ वर्षीय ती पुरुषको पनि उपचारकै क्रममा चरक मेमो रियल अस्पतालमा नै सोमबार मृत्यु भएको हो।