चितवनमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

0
263

चैत २९,२०७७ चितवन : भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक भरतपुर–१९ रामपुर चौकी नजिकै अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान करिब ९ बजेको समयमा म्याजिक आफै अनियन्त्रित भएर सडकको कल्बर्डबाट खाल्डोमा खस्दा म्याजिकमा सवार ९ जनामध्ये दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कास्की रुपमा गाउँपालिका–१ बस्ने ४५ बर्षीय सूर्य खाती र भरतपुर–४ बस्ने ५० बर्षीय राजेन्द्र दमाई रहेका छन् । खातीलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए । त्यस्तै, दमाईको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
घाइते लमजुङ दोर्जि गाउँपालिका–३ वस्ने ३१ बर्षीय विनोद गुरुङ र रसुवा कालिका गाउँपालिका–२ बस्ने १९ बर्षीय प्रदिप घिमिरेको पुरानो मेडिकल कलेज र म्याजिक चालक भरतपुर–१९ शारदानगर बस्ने ३५ बर्षीय रमेश थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । थापाको दुई वटै खुट्टा भाँचिएको छ ।
त्यस्तै, भरतपुर–६ बस्ने ४७ बर्षीय शारदा परियार, भरतपुर–२१ पार्वतिपुर बस्ने ४८ बर्षीय कुमारी बिक र भरतपुर–१९ शारदानगर बस्ने ३२ बर्षीय बबिता गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । विक र गुरुङको अवस्था गम्भिर रहेको छ । अर्का घाइते भरतपुर–१९ रामपुर बस्ने २४ बर्षीय अनुप लामाको रामपुरमा नै स्थानीय मेडिकलमा उपचार भएको छ ।

SHARE