ओखलढुंगामा खोलामा डुबेर एकको मृत्यु , पर्वतमा भीरबाट खसेर मृत्यु

0
517

चैत २७,२०७७ ओखलढुंगा : ओखलढुंगाको चम्पादेवी गाउँपालिका–२ खोपगाउँका २० वर्षीय प्रकाश सुनुवारको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको छ। बिहीबार दिउँसो लिखु खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर उनको मृत्यु भएको हो।

उनलाई पानीमा डुबेको अवस्थामा स्थानीयले देखेर खोलाबाट निकाली उपचारका लागि सिन्धुलीको खुर्कोटमा रहेको सुनकोसी सामुदायिक अस्पताल लगेका थिए। उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु

त्यस्तै पर्वतमा घाँस काट्न जाने क्रममा भीरबाट लडेर पर्वतको जलजला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं–७ का ३५ वर्षीय मकर बहादुर केसी छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार केसी शुक्रबार बिहान करिब नौ बजे घाँस काट्नका लागि हिँडेकी थिइन्।

बिहानै घाँस काट्न गएका उनी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयले उनको खोजी गर्दै थिए। त्यही बेलामा गाउँभन्दा अलि पर वडा नं–७ मै पर्ने सल्यान भन्ने स्थानमा रहेको जंगलमा आगलागी भएपछि गाउँलेहरू आगो निभाउन जाने क्रममा भीरको डिलमा केसीको चप्पल देखिएपछि खोजी गर्दा उनी मृत भेटिएकी हुन्।

भीरबाट लडेपछि उनी करिब दुई सय मिटर तल पुगेको अवस्थामा शव निकालिएको र पोस्टमार्टमका लागि म्याग्दी अस्पताल बेनीमा लगिएको पनि प्रहरी निरीक्षक पौडेलले बताए।

SHARE