कर्णाली प्रदेशका तीन मन्त्रीले आज राजीनामा दिँदै

0
462

चैत २४,२०७७ काठमाडौं : कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले आज राजीनामा दिने भएका छन्। मध्यान्ह १२ राजीनामा दिन लागेको उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले जानकारी दिए।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आफ्ना तीनजना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो। उक्त निर्देशनसँगै मंगलबार दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकअगाडि एमालेबाट मन्त्री भएका सामाजिक विकासमन्त्री दलबहादुर रावल, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले राजीनामा दिन लागेका हुन्।

४० सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ। तर‚ २० जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ।

SHARE