गुराँसको फूल टिपे पाँच हजार जरिवाना

0
18

चैत २३,२०७७ म्याग्दी : अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्। घोडेपानी टोल सुधार समितिले आइतबार सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमतिबिना टिप्न रोक लगाएको जनाएको छ।

समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई पाँच हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको जानकारी दिए। गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढेको छ, उनले भने, राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको हो। गुराँसको फूल नपाक्दै टिपिदिँदा त्यसको बिउ भुइँमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुने उनले बताए।

घोडेपानीको जंगलमा पछिल्लो १० वर्षयता गुराँसका रुख काट्न पनि रोक लगाइएको छ।

SHARE