रुखले किचेर एक जनाको मृत्यु

0
249

चैत १६,२०७७ ताप्लेजुङ : दाउराका लागि काटेको रुखले च्यापिएर सोमबार ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका(१ खोक्लिङ बेशीगाउँका २९ वर्षीय मनकुमार तामाङ रहेका छन्।

स्थानीय कार्तिके सातपाखे सामुदायिक वनमा चिलाउनेको रुख ढाल्ने क्रममा रुखसँगै भिरबाट लडेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। शवलाई पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

SHARE