बाग्लुङ झडपको अनुसन्धान गर्न एसपीको टोली

0
488

चैत १६,२०७७ : बाग्लुङमा फागु पूर्णिमा मनाउन जम्मा भएकाहरुबीच झडप हुँदा दुईजनाको मृत्यु भएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बडीगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा आइतबार झडप भएको थियो।

घटनाबारे अध्ययन गर्न जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलमा रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। हवारीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि बुर्तिबाङ अस्पतालमा राखिएको छ। घटनामा घाइते भएका तीनजना समान्य उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ। झडपपछि केही युवा बेपत्ता भएको बताइए पनि अनुसन्धानका क्रममा त्यस्तो नपाइएको प्रहरीको भनाइ छ।

झडपमा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको छ। उनीहरुको शव भीरबाट ५०० मिटर तल भेटिएको थियो। होलीको अवसरमा पिकनिक गएकाहरुबीच भनाभन हुँदा झडप भएको थियो।

SHARE