काठमाडौं आज पनि विश्वकै वायु प्रदूषित शहर

0
1013

चैत १४

काठमाडौं : नेपालको राजधानी काठमाडौं आज पनि विश्वकै वायु प्रदूषित शहरको पहिलो नम्बरमा छ।

विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्युएयर डट कमका अनुसार शनिबार बिहानैदेखि काठमाडौं विश्वकै पहिलो वायु प्रदूषित शहरमा सूचीकृत रहेको छ।

काठमाडौंको उपत्यकाको वायुको गुणस्तर अहिले पनि करिब ३ सय एक्युआई ९एयर क्वालिटी इन्डेक्स० पुगेको छ। शुक्रबारदेखि नै काठमाडौंं उपत्यकाको आकाश तुवाँलोले ढाकेको छ।

वातावरणविद् ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुक्‍खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदूषण भएको हो। भारतको राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थर मरुभूमिबाट उडेर आउको धुलोको प्रभाव पनि उपत्यकामा देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सवारी साधनबाट निस्किने धुवाँ र वन जंगलमा लागेको डढेलोका कारण वातावरण अस्वस्थ्य बनेको वातावरण विभागले बताएको छ। विभागका अनुसार स्वास्थ्यका हिसाबले १५१ देखि २०० सम्मको एक्युआईलाई अस्वस्थ तहमा राखिएको छ। ० देखि ५० सम्मको एक्युआईलाई स्वस्थ वातावरणका रूपमा लिइन्छ भने २०१ देखि ३०० सम्मको एक्युआईलाई अति अस्वस्थ वातावरणका रुपमा लिइन्छ।

यो तहको वातावरण फोक्सोको रोग भएका बिरामी, बालबालिका र ज्येष्ठ नागरिकहरूलाई बढी जोखिमयुक्त हुन्छ। थाहाबाट

SHARE