कोरोनाको त्रास‚ भीडभाड हुने कार्यक्रम नगर्न प्रशासनको आग्रह

0
246

चैत ११,२०७७
पर्वत : छिमेकी मुलुक भारतमा कोरोना महामारीको दोस्रो लहर देखिएपछि पर्वतमा कडाइ गरिएको छ। एकपछि अर्को मेला र महोत्सव भइरहेका बेला स्थानीय प्रशासनले कडा गरेको हो।

भारतमा कोभिड–१९ को संक्रमण तीव्र फैलिएपछि नेपालमा पनि कोरोना फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पर्वतमा कडाइ प्रशासनले जनाएको छ। नजिकिँदै गरेको होली र नयाँ वर्षलाई लक्षित गरी कोभिड–१९ को संक्रमणबाट पर्वतवासीहरूलाई सुरक्षित राख्न कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन्।

प्रशासनले होली पर्व मनाउने क्रममा भीडभाड नगर्न‚ मास्क लगाउन‚ साबुन पानीले बेलाबेलामा हात धुन‚ स्यानिटाइजर प्रयोग गर्न‚ सामाजिक दूरी कायम गर्न‚ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न‚ जमघट‚ बाक्लो उपस्थितिमा मेला महोत्सव‚ सभा नगर्न‚ होटेल तथा रेष्टुरेष्ट राति ९ बजेपछि बन्द गर्न‚ मदिराजन्य पदार्थ बेचबिखन बेलुकी ८ बजेदेखि बन्द गर्न भनिएको छ।

SHARE