करदाता सेवा कार्यालय गुल्मीबाट १३ करोड ६४ लाख ६८ हजार राजस्व संकलन

0
624

सुर्य सुनार
चैत्र १० ,२०७७ गुल्मी :गुल्मीमा कर कार्यालय स्थापना भएपछि अहिले सम्म आर्थिक वर्ष ०७७ र ०७८ सम्म १३ करोड ६४ लाख ६८ हजार राजस्व संकलन भएको छ । गुल्मीबाट कर तिर्नैका लागि पाल्पा तथा बुटवल जानु पर्ने बाध्यता अत्य भएको छ । जिल्ला सदरमुकाम तम्घासमा करदाता सेवा कार्यालयको स्थापना भएपछि करसम्बन्धी कामको लागि पाल्पा बुटवल जानुपर्ने बाध्यता अत्य भएको हो ।
कर सम्बन्धी सेवाप्रवाह गर्दा कर कार्यालय स्थापना भएपछि आर्थिक वर्ष ०७७ र ०७८ सम्म १३ करोड ६४ लाख ६८ हजार राजस्व संकलन भएको छ । जस मध्य आय कर ६८ लाख, घर भाडा कर ७ लाख, व्याज कर ३४ लाख, भ्याट कर ६ करोड ६८ लाख र अन्त शुल्क कर ६७ लाख संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख टंक भुसालले बताए ।
कर सम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन,व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाह कार्यालय मार्फत काम भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख भुसालले बताए ।
गुल्मीबाट कर तिर्नैका लागि पाल्पा तथा बुटवल जानु पर्ने बाध्यता अत्य भएको छ । कार्यालय स्थापना भए सँगै जिल्ला भित्रका सेवाग्राहीलाई सहज भइरहेको सेवाग्राही बताउनुहुन्छ ।

गुल्मीमा कर कार्यालय नहुँदा बेला बेलामा शिविर आयोजना गरेरै व्यवसायीको कर संकलन गर्ने गरिएको थियो । कर सम्बन्धी हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त र सहज बनाउने उद्देश्यले जिल्लामा करदाता सेवा कार्यालयद्धारा सक्रिय भई काम गरिरहेको छ ।

SHARE