फेरि बढ्न थाले संक्रमित, आज थपिए १५०

0
338

चैत १०
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरमा १ सय ५० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

४ हजार ४ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख गरिएको छ। यस्तै, यही समयमा ३ जनाको कोरोना संक्रमणकै मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

हाल देशभर १ हजार १७ जना संक्रमित आइसोलेसनमा उपचाररत र ५१ जना क्वारेन्टाइनमा छन्।

SHARE