बर्दिया राष्ट्रिय निकुञ्जमा चैत्र १७ देखि गैंडा गणना गरिने

0
656
A wild rhino seen around the Chitwan National Park in Sauhara of Chitwan, on Monday, December 27, 2016. Photo: Bal Krishna Thapa/THT

चैत ९,२०७७ बर्दिया : गैंडाको एकिन तथ्यांक थाहा पाउन चैत्र १७ गतेदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा गणना सुरु गरिने भएको छ। १७ गतेबाट गैंडा गणना गर्ने गरी तयारी भैरहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले बताए।

चैत्र १७ गते गैंडा गणनाका लागि छनोट भएका कर्मचारीलाई तालिम दिइने र त्यहि दिनदेखि नै गैंडा गणनाका लागि फिल्डमा जाने उनले बताए। बर्दिया राष्ट्रिय निकुञ्जका १० वटा र एनटीएनसीको एउटा गरी ११ वटा हात्ती तयारी अवस्थामा रहेको उनले बताए।

बर्दिया राष्ट्रिय निकुञ्जको गैडा पाइने ५ वटा ब्लकमा गैंडा गणना गरिने छ। बबई भ्याली, गैंडा मचान ब्लक, हेडक्वाटर ब्लक, डल्ला र हात्ती मचान ब्लकमा गैंडा गणना गरिने छ।

यसअघि २०१९ मा बर्दियामा गैंडा गणना गरिएको थियो। अहिले बर्दियामा ३७ वटा गैंडा रहेको तथ्यांक छ। यस वर्ष गैंडाको संख्या बढ्ने अनुमान गरिएको छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा भने भोलि ९सोमबार० बाटै गणना सुरु गरिने जनाइएको छ।

गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ। चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ। शुक्लाफाँटामा १९ गतेदेखि गणना सरू गर्न लागिएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेठकाअनुसार गणनामा खटिने कर्मचारी, हात्ती छनोटसँगै उनीहरूको बासस्थानको व्यवस्थापन लगायतका तयारी भइरहेको छ। नेपालमा सन् २०१५ मा भएको पछिल्लो गणनामा ६ सय ४५ गैंडा रहेको पाइएको थियो।

SHARE