पाठशालामा आगलागी‚ ३५ लाख बराबरको क्षति

0
29
सांकेतिक तस्बिर

चैत ९,२०७७
धनकुटा : धनकुटा नगरपालिका(७ मदनचोकमा रहेको हाम्रो बहुमुखी पाठशालाको भवनमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ। आइतबार राति साढे २ बजेतिर आगोलागी हुँदा पाठशालामा रहेका सबै सामान जलेको प्रहरीले जनाएको छ।

आगलागीबाट पाठशालाको भवनमा रहेका टपरी बनाउने मेसिन, विद्युतबाट कुखुराको चल्ला निकाल्ने मेसिन, साउण्ड सिस्टम र जातीय भेषभूषा, जातीय गरगहनालगायतका सामानको छ।

आगलागी भएको दुई घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीले बताए।

SHARE