वाइसिएलले एक लाख ६५ हजार सदस्यता थप गर्ने

0
1109

चैत ९,२०७७ काठमाडौं : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)ले एक लाख ६५ हजार सदस्यता थप गर्ने भएको छ।

चैत ४ र ५ गते भएको बैठकले प्रत्येक निर्वाचन क्षेत्रमा एक हजारका दरले सदस्यता थप गर्ने निर्णय गरेको हो। सदस्यता वितरण चैत महिनाभित्र गरिसक्ने निर्णय भएको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जनाएका छन्।

यस्तै, बैठकले राष्ट्रिय भेला आगामी जेठ २८ देखि ३० सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ। जसका लागि इकाई, स्थानीय तह र जिल्ला भेला बैशाखभित्र सम्पन्न गर्ने र प्रदेश भेला जेठ २० सम्म गर्ने कार्यतालिका बनाएको छ।

स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट राष्ट्रिय भेलाका लागी प्रतिनिधिहरु छनौट प्रक्रिया सम्पन्न हुनेछ । त्यसरि छनौट भएका प्रतिनिधिहरु नै राष्ट्रिय भेलाका प्रतिनिधिहरु हुनेछन् । प्रतिनिधि छनौट प्रक्रियाका लागी संगठनात्मक कार्यविधि जारी गरिएको छ ।

मातृ पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीच एकता सम्पन्न भई बनेको नेकपाको एकता भंग गराउन सफल एकताविरोधी गैर कम्युनिष्ट प्रवृतिको भण्डाफोर गर्ने सापकोटाले बताए।

SHARE