पत्रकार महासंंघको चुनाव चैत २५ गते

0
364

चैत ४,२०७७ काठमाडौं : नेपाल पत्रकार महासंघको चुनाव २५ गते हुने भएको छ।

बुधबार महासंघको केन्द्रीय समितिको बैठकले आगामी २५ गते चुनाव गर्नेगरी निर्णय तोकिएको महासंघका अध्यक्ष गोविन्द आचार्य जानकारी दिए।

उनले भने, ‘यही ७ गते चुनावी तालिका सार्वजनिक गरी २५ गते भोट दिनुपर्ने मिति तोकिएको छ।’ उनले तीव्र रुपमा चुनावी तयारी पनि महासंघले थालेको जानकारी दिए।

उनका अनुसार महासंघको संशोधित विधानअनुसार जिल्ला, प्रदेश र केन्द्रको मतदान एकै दिन हुनेगरी निर्वाचन मिति तय गरिएको छ।

SHARE