तीन दिनसम्म वर्षाको सम्भावना

0
571
फाइल फोटो

चैत २,२०७७ काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुसँगै पश्चिमी वायुका कारण आगामी तीन दिन देशका केही भू(भागमा मौसम बदली भई हल्का वर्षा हुने जनाएको छ।

अहिले देशको पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरुको मौसम सामान्यतया सफा रहेको छ।

सोमबार दिउँसो पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। पहाडी भू(भागका एक दुई स्थानमा मेघ गर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ राति कर्णाली, गण्डकी र प्रदेश १ को पहाडी भू(भागको एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै‚ मंगलबार पनि पहाडी भू(भागहरुमा आंशिक बदली रहने छ। कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू(भागको एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार पनि पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार रात गण्डकी र प्रदेश १ का पहाडी भू(भागको एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ

SHARE