फेरि बढ्यो सुनको मूल्य

0
41

चैत १,२०७७ काठमाडौं : सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ। चैतको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा ८६ हजार २०० रुपैयाँमा कारोवार भएको थियो। तेजाबी सुन आज तोलामा ८६ हजार १५० रुपैयाँमा कारोवार हुनेछ। शुक्रबार तेजाबी सुन तोलामा ८५ हजार ७५० मा कारोवार भएको थियो।

चाँदीको मूल्य भने स्थिर छ। चाँदी तोलामा एक हजार २७० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

SHARE