चौलानी नदीमा युवकको शव

0
297

चैत १,२०७७ बैतडी : चौलानी नदीमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की मृत फेला परेका छन्।

दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भँगालोमा कार्की मृत फेला परेको गोकुलेश्वर प्रहरी चौकीका इञ्चार्ज नरेन्द्र धामीले जानकारी दिए। रमेशको कसरी मृत्यु भयो भने यकिन हुन सकेको छैन। शव नदीले बगाएर ल्याएको जस्तो देखिएको धामीले बताए।

गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतसास गर्दा चौलानीमा मृत भेटिएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE