एमाले कालीगण्डकीको अगुवा कार्यकर्ता भेला सम्पन्न

0
1015

फागुन २९,२०७७ गुल्मी :नेकपा एमाले कालीगण्डकी गुल्मीले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
पछिल्लो समय नेकपामा आएको राजनीतिक परिवर्तन पश्चात नेकपा एमाले कालीगण्डकीले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको एमाले कालीगण्डकीले जनाएको छ ।
कार्यक्रममा कालीगण्डकी गाउँपालिका एमालेका अगुवा कार्यकर्ताहरु भेला भई प्रशिक्षण गरिएको नेता रामजी ढकालले जानकारी दिए ।
कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले बर्तमान राजनीतिक अबस्थाको बारेमा प्रशिक्षण दिएका थिए ।
चैत ३ गतेदेखि ९ गते सम्म वडा भेला तथा कमिटि पुर्नगठन , १० गते समिक्षा बैठक १४ गते एमाले प्रबक्ता प्रदीप ज्ञवालीको उपस्थितिमा नेकपा एमाले कालीगण्डकी गाउँकमिटि गठन गरी घोषण गर्नै कार्यक्रम तय भएको नेता रामजी ढकालले जानकारी दिए ।
रामजी ढकाललको अध्यक्षतामा जिल्ला कमिटिका अध्यक्ष मधुकृष्ण पन्तको प्रमुख आतिथ्यतामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको हो ।

SHARE