नेपाली आकाशमा खतराको बादल मडारिरहेको छ, सबै मिलेर परास्त गर्नुपर्छ: डा खड्का

0
996

फागुन २९
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री डा नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोजिने भन्दै छिट्टै कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबीच सरकार गठनबारे समझदारी हुने विश्वास दिलाएका छन् ।

नेता खड्काले संसद विघटनजस्तो प्रतिगमनकारी कदम चालेका प्रधानमन्त्री ओलीले अहिले पनि आफ्नो निरन्तरताको लागि प्रयास गरिरहेको सुनाए । तर, अब एमाले बाहेकका दलहरूको सरकार बनाउनुपर्ने उनले सुनाए । अब बन्ने सरकारको नेतृत्व कांग्रेसले नै गर्ने पनि उनले स्पष्ट पारे ।

संसद् पुनःस्थापना भएपछि र सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० अलग(अलग भएपछि जसपा नेपाल, सत्ता समीकरणको लागि ‘किङ मेकर’ को भूमिकामा रहेको उल्लेख गर्दै खड्काले प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई नै प्रधानमन्त्री दिने भनेर ललिपप देखाएको पनि टिप्पणी गरे ।

उनले अहिले पार्टीभित्र पनि सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर आवाज उठेको र नेताहरुबीच सहमति भएको सुनाए । उनले कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बन्‍नेतर्फ सहमति उन्मुख रहेको प्रतिक्रिया दिए । प्रधानमन्त्री ओलीबाट अझै प्रतिगमनको खतरा देखिएको पनि उनले चित्रण गरे । उनले भने,‘नेपाली आकाशमा खतराको बादल मडारिरहेको छ । यस खतरालाई सबै मिलेर परास्त गर्नुपर्छ ।’ थाहाबाट

SHARE