
रमेश विश्वकर्मा
फागुन २८,२०७७ रुपन्देही : नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानलाई कसैले च्यात्न नसक्ने बताएका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै नेता खाँणले संविधानलाई च्यात्ने शत्ति नै च्यातिएर जाने बताएका हुन् ।
एउटा शत्ति संविधानको रक्षा गर्न चाहान्छ । अर्को शत्ति संविधानलाई प्रहार गर्न चाहान्छ नेता खाँण भने । उनले नेपालमा कुनै पनि राजनैतिक आधारमा उभिएर बहुदलियता समात्न गर्न नसकिने बताएका छन् । वर्तमान प्रधानमन्त्रीले संविधान माथि प्रहार गरिरहेको बताउँदै नेता खाँणले नेपालको संघीय लोकतन्त्रलाई कसैले पनि समाप्त गर्न नसक्ने उल्लेख गरे ।
पिछडिएको समुदायको सहभागीता राज्यतहमा हुनुपर्ने भएपनि व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन् । उनले दलित प्रत्रकारको सफलता नै मूलुकको सफलता भएको समेत उल्लेख गरे ।







