बिद्यालयमा स्तरीय खाजा नपाए उजुरी

0
261

फागुन २८,२०७७ काठमाडौँ : सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्ने बिद्यार्थाीले गुणस्तरीय खाजा पाइरहेका छैनन् वा खाजामा समस्या छ उजुरी गर्ने व्यवस्था छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरिका सबै विद्यालयले अनिवार्य रूपमा गुनासो पेटिका राख्न कानुनी व्यवस्था गरेको छ । कतिपय विद्यालयले यस्तो पेटिका राखेका छैनन् भने कतिपयमा यसको प्रयोग भइरहेको छ । केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले प्रत्येक विद्यालयलाई अनिवार्य रूपमा पेटिका राख्न र एक जना शिक्षकलाई सम्पर्क व्यक्ति तोक्ने व्यवस्था कार्यान्वयनका लागि हालै परिपत्रमार्फत निर्देशन दिइएको जानकारी दिए । खाजा खान पाएनन् वा खाजामा समस्या देखियो भने त्यस्ता विषयलाई पनि गुनासाका रूपमा पेटिकामा खसाल्न अभिभावकलाई समेत अनुरोध गरिएको छ । विद्यालयमा कुनै पनि समस्या नहोस् भनेर गुनासो खसाल्ने र त्यसको तत्काल सम्बोधन गर्ने व्यवस्था गरिएको हो ।

SHARE