पौडी खेल्ने क्रममा डुबेका २१ बर्षीय युवकको मृत्यु

0
239

फागुन २७,२०७७ दैलेख : पौडी खेल्ने क्रममा डुबेका एक जना युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा अछामको चौरपाटी गाउँपालिका–५ लुङग्रा घर भई हाल नारायण नगरपालिका बस्दै आएका अन्दाजी २१ वर्षीय वीरेन्द्र भुसाल छन्।

मध्यपहाडी लोगमार्गअन्तगर्गत दैलेख खण्डमा काम गर्दै आएका भुसाल बिहीबार नारायण नगरपालिका–११ मा पर्ने लोहोरे खोलाको लाटामरे दहमा डुबेका प्रहरीले जनाएको छ।

भुसाललाई उद्धार गरी उपचारका निम्ति दैलेख अस्पताल पठाइएको र उनको उपचार क्रममा अस्पतालमा मृत्यु भएको दैलेख प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।

SHARE