बाघ आक्रमणबाट बर्दियामा फेरि १ महिलाको ज्यान गयो

0
425
फाइल फोटो

फागुन २६,२०७७ बर्दिया : बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ को कोठियाघाट र सम्झना सामुदायिक वनभित्र घाँस काट्न गएकी मधुवन ३ कोठियाघाट बजारकी एक महिलालाई बाघले आक्रमण गरेको हो।

पाटेबाघको आक्रमणबाट कोठियाघाट ३ की २७ वर्षीय रिना सुनारको ज्यान गएको जनाइएको छ। बुधबार दिउँसो २ बजेतिर समूहमा घाँस काट्न गएका बेला पाटेबाघले सुनारलाई आक्रमण गरेको थियो।

यसअघि फागुन १७ गते मात्रै बर्दियाको गेरुवामा पाटेबाघले भैंसी चराउन गएका ६५ वर्षका एक पुरुषलाई आक्रमण गरेर ज्यान लिएको थियो। योसँगै बर्दियामा यस वर्ष बाघको आक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो समय बर्दियाका बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी थप त्रसित बनेका छन्।

SHARE