प्रतिनिधि सभा बैठकमा सात अध्यादेश पेश हुँदै

0
767

फागुन २६,२०७७ काठमाडौं :फागुन २६ गते (आज) प्रतिनिधिसभा बैठकमा ७ वटा अध्यादेश पेश गरिने भएको छ।

यसअघि आइतबारको बैठकमा पनि अध्यादेश पेश हुने तय भएकोमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको थियो। त्यस्तै प्रचण्ड–माधवसमूहका सांसदहरूले पनि कार्यसूचीमा अध्यादेश समावेश गरेको भन्दै बैठक बहिष्कार गरेका थिए।

बहिष्कार र अवरोधका कारण सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरी फागुन २६ का लागि मिति तोकेका थिए।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ९पहिलो संशोधन०, सामाजिक सुरक्षा ९पहिलो संशोधन० , तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश पेश गर्ने छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी ९तेस्रो संशोधन० अध्यादेश, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन० अध्यादेश पेश हुने संसद सचिवालयले जनाएको छ।

पूर्व र बहालवाला गरी १४ सांसदहरूको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची पनि तय छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यी अध्यादेश जारी भएका थिए। अध्यादेश जारी भएको छ महिनाभित्र संसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

SHARE