बारामा एक मजदुरको हत्या

0
247

फागुन २५,२०७७ बारा : बारामा एक मजदुरको आफ्नै घरमा हत्या भएको छ।

निजगढ नगरपालिका–९ बुद्धचोक निवासी १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो। शर्मा पेन्टिङ (रङ लगाउनें) काम गर्थे।

दुई तल्ले घरको माथिल्लो तलामै पुगी उनको हत्या भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्‌। उनको हत्या गरेर केही व्यक्ति भर्‍याङबाट ओर्लिइ भागेको जानकारी प्राप्त भएको प्रहरी अधिकारीहरूले बताएका छन्‌।

घटनास्थल पुगेको प्रहरीले शर्माको शव फेला पारेको छ। घटना अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसमेत झिकाइएको जिल्ला प्रहरी बाराले जानकारी दिएको छ।

SHARE