कपिलबस्तुमा सामुदायिक स्वास्थ्य सेवा प्रभावकारी

0
336

फागुन २३,२०७७ : कपिलवस्तुमा सामुदायिक स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको पाइएको छ ।कपिलवस्तुको वाणगंगा नगरपालिका चारनम्बर स्थित कपिलवस्तु सामुदायिक अस्पतालले वार्षिक ४० हजारलाई स्वास्थ्य सेवा प्रदान गरेको र एक वर्षमा ३० करोडको कारोवार गरेको विवरणले यस्तो देखाएको हो । अस्पतालको शनिवार भएको तेश्रो साधारण सभामा पेश भएका प्रगती प्रतिबेदनमा यस्तो चित्रण गरिएकोहो । २०६४ सालमा महायज्ञ संचालन गरी सामुदायिक अस्पताल संचालन गर्ने उद्देश्यले शुरु गरिएको कपिलवस्तु समुदायिक अस्पताल विकास समितिको तेश्रो साधारण सभाले अस्पताललाई सहयोग पु¥याउने व्यक्तिलाई सम्मान गरेको छ ।

साधारण सभामा अस्पतालमा १० लाख बढि दान दिने व्यक्तिलाई सम्मान गरिएको छ । सवैभन्दा बढि आर्थिक सहयोग गर्नुहुने अस्पतालका संरक्षक मोहन अधिकारीको परिवारलाई सम्मान गरिएको छ । त्यस्तै अस्पतालका संस्थापक अध्यक्ष स्वर्गीय शेरबहादुर क्षेत्री, संस्थापक महासचिव स्वर्गीय विष्णु पौडेल, संस्थापक कोषाध्यक्ष रामबहादुर रास्कोटीको परिवारलाई पनि सोही अवसरमा सम्मान गरिएको छ । अस्पतालको भौतिक पूर्वाधारमा सहयोग पु¥याउने जिल्ला समन्वय समिति, स्थानीय संघसंस्था तथा अस्पतालका कार्यवाहक अध्यक्ष शंकर पाण्डेलाई सम्मान गरिएको छ ।

१५ सैयाको सामुदायिक अस्पतालले बार्षिक ४० हजार व्यक्तिलाई स्वास्थ्य सेवा दिएको बताइएको छ । अस्पतालमा छिमेकी जिल्ला अर्घाखाँची, दाङ्ग, प्युठान, छिमेकी राष्ट्र भारतबाट स्वास्थ्य सेवा लिन आउने गरेको अस्पतालका महासचिव पोमनारायण पौडेलले जानकारी दिए । कोषाध्यक्ष रबी बहादुर काफलेले अस्पतालको गत आ।ब।को ३० करोड बराबरको बार्षिक आयव्यव प्रस्तुत गरेका थिए

SHARE