विप्लव समूहको गुल्मी जिल्ला इन्चार्ज नेकपा ओली समूहमा प्रवेश

0
448

फागुन २०,२०७७ पाल्पा : नेत्र विक्रम चन्द विप्लव समूहको पाल्पा जिल्ला इन्चार्ज पार्वती विक केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेकी छन्।

बिहीबार तानसेनमा पत्रकार सम्मेलन गरी विकले ओली समूहको नेकपामा प्रवेश गरेको घोषणा गरेकी हुन्।

उनले १५ दिनअघि विप्लव समूह परित्याग गरेको सामाजिक सञ्जालमार्फत घोषणा गरेकी थिइन्। विकले विप्लव समूहको चार वर्ष गुल्मी जिल्ला इन्चार्ज र एक वर्ष पाल्पा जिल्ला इन्चार्ज भएर काम गरेकी थिइन्।

SHARE