बढ्यो सुनको भाउ

0
392

फागुन १७,२०७७ काठमाडौं : साताको अन्तिम दिन र पहिलो दिन पाँच पाँच सयले घटेको सुनको भाउमा आज भने उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुन तोलाको ८८ हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार २५० रहेको छ।

त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

SHARE