आठजना मृत फेला

0
288

फागुन १६,२०७७
काठमाडौं : देशका विभिन्न ठाउँमा आठ जना मृत भेटिएका छन्। प्रहरीका अनुसार मृत भेटिएका मध्ये तीन जनाको परिचय खुलेको छैन। मोरङ, ग्रामथान गाउँपालिका–५ गिदनिया का ६० वर्षीय बंसलाल सरदार थारु आफ्नै घर अगाडिको कल छेउमा मृत्त फेला परेका छन्।

यस्तै सिरहा, कर्जन्हा नगरपालिका–९ कर्जन्हास्थित सडकमा काम गर्न पाल टाँगेर बस्ने सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–५ बानरझुलाका ६० वर्षीय हरि सरदार पनि मृत फेला परेका छन्। मृत फेला पर्नेमा मुस्ताङ, घरपझोङ गाउँपालिका–३ स्याङका ४९ वर्षीय टीक बहादुर थकाली छन्। उनी घरबाट करिब १ सय मिटर टाढा ढोखाङ डाडाँको खोचमा मृत अवस्थामा फेला परेका छन्।

यस्तै हुम्ला, चंखेली गाउँपालिका–२ कालेवाडाका ४५ वर्षीया देउरी नेपाली सोही ठाउँ ब्यासी नजिक मार्सी तितेबाढी डाँडाको भिरबाट करिब एक किलोमिटर तल मृत फेला परेकी छन्। सुनसरी, कोशी गाउँपालिका–८ स्थित सप्तकोशी ब्यारेजको पुल नजिक पानीमा तैरीरहेको अवस्थामा परिचय नखुलेका करिब ३०–३२ वर्षीय पुरुषको शव फेला परेको छ।

कास्की, पोखरा महानगरपालिका–१८ सारङकोटस्थित देउराली जंगलमा परिचय नखुलेका करिब ४० वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ। सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका–१४ डल्बा नोजस्थित कोशी नदीमा करिब ३५ वर्षीय पुरूष मृत भेटिएका छन्।

यस्तै धनुषा, लक्ष्मिनीया गाउँपालिका–७ कुम्भरौडास्थित जनकपुर ढल्केवर सडकको नालामा सोही ठाउँ बस्ने २२ वर्षीय ललन महरा मृत फेला परेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE