देशलाई संघियता घाँडो भएको छ : चित्रबहादुर केशी

0
436

फागुन १४,२०७७ गुल्मी : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केशीले अहिले देशलाई संघियता घाँडो भएको बताएका छन् ।
शुक्रबार गुल्मीको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै केशीले नेपाल जस्तो सानो देशमा संघियता आवश्यक नभएको भन्दै अहिले देशलाई संघियता घाँडो भएको बताएका छन् । नेपालले संघियता थेग्न सक्ने अबस्था नभएकाले नेपालमा संघियताको आवश्यकता नै नभएको उनको दाबी छ ।
हुँदाको बहुमत छाडेर निर्वाचनमा जान्छु भन्नु ओलीको मुर्खता
प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदाको बहुमत छाडेर नयाँ जनादेशमा जान्छु भन्नु मुर्खता भएको आरोप लगाएका छन् । आँफूहरुको पार्टीमा देखिएको आन्तरिक बिबादका कारण र भागबन्डा नमिलेका कारण प्रतिनिधि सभा बिघटन गर्नु ओलीको मुर्खता भएको उनले बताए ।
संबिधानमा हुँदै नभएको ब्यबस्थालाई प्रयोग गर्न खोज्दा ओली असफल भएको उनको दाबी छ । ओलीको मुर्खतालाई सर्बोच्च अदालतले उल्ट्याइ दिएकाले जनताको बिजय भएकोे उनले बताए ।
नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई झण्डै दूई तिहाई मत दिदाँ समेत जनताको मतको कदर गर्न नसक्नु दुःखद भएको केशीले बताए । जनताले पाँच बर्षका लागि स्थिर सरकारको म्यान्डेट दिएर पठाउँदा पनि आन्तरिक कलहका कारण सरकार चलाउन नसक्नु नेकपाको कमजोरी भएको केशीको भनाइ छ ।
ओली सरकारले जनतालाई केही बिकासको अनुभूती दिन नसकेको आरोप लगाउँदै केशीले उनकै कारण देशमा भ्रष्टाचार मौलाएको बताए ।

SHARE