नेकपा फुटोस् भन्‍ने कांग्रेसको चाहना छैन : देउवा

0
38

काठमाडौं : नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुहुन्छ जस्तो नलागेको बताएका छन्।

महेन्द्रनारायण निधिको ९९ औ जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै भने, ‘ओलीजीले राजीनामा दिनुहुन्छ जस्तो लाग्दैन, उहाँबाट राजीनामा आए अविश्वास प्रस्ताव पेस गर्नुपर्दैन।’

उनले नेकपा अझै विभाजन भइनसकेको दाबी गरे। ‘हामीले देख्दा नेकपाभित्र दुईवटा समूह देखिएको छ। तर, कानुनी रूपमा उहाँहरु एकै हुनुहुन्छ’ उनले भने, ‘उहाँहरुको विवादलाई लिएर हामीले फुटोस् भन्ने चाहना राखेका पनि छैनौँ।’

ओलीले पदबाट राजीनामा नदिएपछि बहुमतको निर्णय मान्ने या आफैँ छोड्नुको विकल्प नभएको तर्क गरे। उनले जनताले कांग्रेसलाई जनताले भोट नदिए पनि कांग्रेसकै आशा गरेर नहुनेसमेत बताए। थाहाबाट

SHARE