११ सयले बढ्यो सुनको भाउ

0
293

फागुन ११,२०७७ काठमाडौं : सुनको भाउ बढेको छ। हिजोको तुलनामा ११ सय रुपैंयाले बढेर छापावाल सुन आज प्रतितोला ९० हजार १ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुनको मूल्य हिजो प्रति तोला ८९ हजार रुपैया थियो। यस्तै तेजाबी सुन पनि ११ सय रुपैयाँले नै बढेर प्रति तोला ८९ हजार ६ सय ५० रुपैया पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य २५ रुपैंयाले बढेर १३ सय ६० रुपैया तोलामा कारोवार भइरहेको छ।

SHARE