गोकर्ण विष्टलाई ओली समूहमा नआए सडकमा पु¥याउने मुख्यमन्त्री पोखरेको चेतावनी

0
18

तिलाचन पाण्डे
फागुन १०,२०७७ गुल्मी :लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्बमन्त्री गोकर्ण विष्टलाई ओली समूहमा नआए सडकमा पु¥याउने चेतावनी दिएका छन् ।
गुल्मीमा नेपाल कम्युनिष्ट पार्टी (ओली समूहले) आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रचण्ड—माधब समूहका नेता एवं गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टलाई ओली समूहमा नआए गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव हराउने र सडकमा पु¥याउने चेतावनी दिएका हुन् ।
प्रचण्ड—माधब समूहले गलत बाटो रोजेको भन्दै ओली समूहमा आउन उनले बिष्टलाई आग्रह समेत गरे । प्रचण्ड—माधब समूहले नै देशलाई अस्थिरता तर्फ लगेको आरोप लगाउँदै देशलाई अस्थिरताबाट जोगाउन प्रतिनिधि सभा बिघटन गर्नु परेको उनको भनाई छ ।
प्रचण्ड—माधब समूहले सरकारलाई चारैतिरबाट घेराबन्दीमा राख्दै केही काम गर्न नदिएको भन्दै खाली पद र कुर्सीमा केन्द्रित रहँदा यो समस्या आएको उनको दाबी छ ।

SHARE