आन्तरिक बिषयमा प्रचण्डले बिदेशी गुर्हानु र्दुभाग्य : मन्त्री ज्ञवाली

0
469

फागुन १०,२०७७ गुल्मी : नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशको आन्तरिक बिषयमा प्रचण्डले बिदेशीहरुलाई गुर्हानु र्दुभाग्य भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा ओली समूहले)सदरमुकाम तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले प्रचण्डले देशको आन्तरिक बिषयमा बिदेशी शक्तिहरुलाई गुर्हार्ने गरेकाले त्यो नै गलत भएको बताएका छन् । प्रचण्डले देशमा कहिल्यै स्थिरता नचाहेको भन्दै मन्त्री ज्ञवालीले प्रचण्डले देशलाई अस्थिरता र द्धन्द तर्फ धकेल्न खोजेको आरोप लगाए । ।
प्रचण्डले गुटको राजनीति गरेका कारण अहिले यो अबस्था आएको ज्ञवालीको तर्क छ । तीन बर्षको समय अबधिमा सचिवालयका कुल ७५ वटा बैठकहरु बस्दा सधै पद र कुर्सीमा मात्रै केन्द्रित रहेकाले देश र जनताको हितमा काम गर्ने वातावरण नै नभएको मन्त्री ज्ञवालीले बताए ।
अर्को एक फरक प्रसंगमा मन्त्री ज्ञवालीले नेकपा बिप्लब समुहसंग सरकारले वार्ताको अन्तिम तयारी गरिरहेको बताए । देशमा हिंसा त्यागेर आउनेसंग सरकारले वार्ताको वातारण तयार गर्ने उनको दाबी छ ।
यस्तै मन्त्री ज्ञवालीले पूर्व लडाकु , द्धन्द्धपीडित ,घाइते लगायतको ब्यबस्थापन गर्ने गरी सरकार लागेकोे दाबी गरे ।

SHARE