सुनको मूल्य फेरि बढ्यो

0
17

फागुन ४,२०७७ काठमाडौं : सुनको मूल्य आज फेरि बढेको छ । सोमबार सुनको मूल्य तोलामा ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको हो ।
सोमबार सुनको मूल्य तोलामा एक सयले घटेको थियो ।नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९० हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ९० हजार ४ सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य तोलामा १३४० मा कारोबार भएकोमा आज बढेर तोलामा १३६० पुगेको महासंघले जनाएको छ ।

SHARE