फागुन १,२०७७ गुल्मी : गुल्मीमा एक लाख २६ हजार २५५ जनाले राष्ट्रिय परिचयपत्रका लागि बिवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाका १२ वटा स्थानीय तहहरु मध्ये धुर्कोट गाउँपालिकाकमा १० हजार ५८०,मदानेमा नौ हजार ७८० ,गुल्मीदरबारमा ११ हजार ९०५ र छत्रकोटमा १० हजार ८३९, इश्मामा नौ हजार ३५८ , कालीगण्डकीमा नौ हजार ३१ , रुरुक्षेत्रमा नौ हजार ५९९ ,चन्द्रकोटमा नौ हजार ४५० ,सत्यवतीमा १० हजार ६६४ , मालिकामा १० हजार २४० , मुसिकोट नगरपालिकामा १४ हजार ६७८जनाको बिवरण दर्ता कार्य सम्पन्न भइसकेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धब पन्थीले जानकारी दिए ।
अहिले रेसुङगा नगरपालिकाका १४ बटै वडाहरुमा बिवरण दर्ताको काम भइरहेको र हालसम्म रेसुङगा नगरपालिकामा १० हजार १२५ जनाले बिवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । राष्ट्रिय परिचय पत्रले नागरिकका सेवा ,सुबिधा सङगै परिचय र अपराध नियन्त्रण गर्नका लागि पनि महत्वपुर्ण मानिन्छ ।