आज केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

0
537
फाइल फोटो

फागुन १,२०७७
काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार शनिबार केही क्षेत्रमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावले शनिबार विहानैदेखि देशका अधिकांश स्थानको मौसम वदली भएको छ। दिनभर धेरैजसो स्थानको मौसम वदली भई आकाश धुम्म हुने महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् विभूति पोखरेलले प्रदेश १ का केही स्थानमा दिउँसो हल्का वर्षा हुने जानकारी दिइन्। उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना छ। तराई क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको छ। कुहिरो दिउँसो केही हटे पनि पनि मौसम पुरै नखुल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

SHARE