राष्ट्रिय युवा संघ गुल्मीका इन्चार्ज थापाले ओली लाई छोडे, प्रचण्ड -माधवलाई रोजे

0
657

माघ ३०,२०७७ गुल्मीः नेपाल कम्युनिस्ट पाटी निकट राष्ट्रिय युवा संघ केन्द्रिय सचिवालय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज हिमाल थापाले ओली समुह त्याग गरेको घोषणा गरेका छन ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले ओली समुह त्याग गरेको जानकारी गराएका हुन ।
सत्तारुढ दल नेकपा दुई कित्तामा विभाजित भए संगै ओली समुहमा खरो रुपमा उत्रिएका थापाको कित्ता परिवर्तनले सबैलाई चकित पारेको छ ।
यस विषयमा गुल्मी अपडेटले उनलाई सम्पर्क गरि जिज्ञासा् राख्दा उनले भने ” केहि राष्ट्रिय मुद्दामा
समर्थन रहेतापनी पछिल्लो समय ओली समुहका गतिविधि तथा क्रियाकलापहरु जायज नभएको प्रतिक्रिया दिए ” ।
साथै ओली समुहमा पाखुरा खिच्ने प्रवृत्ति भएका मान्छेले मात्र स्थान पाउने तर बैचारिक बिचार गर्ने कार्यकर्ताले स्थान नपाउने आरोप समेत लगाए ।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको कामकारबाही पनि चित्तबुझ्दो नभएको गुनासो समेत गरेका छन । तर सरकारले जारी गरेको चुच्चे नक्सा, पारवहन सम्झौता जस्ता केहि राष्ट्रियताका विषयमा भने आफ्नो समर्थन रहेको उल्लेख गरेका छन ।

SHARE