आज फेरि घट्यो सुनको मूल्य

0
22

माघ ३०,२०७७ काठमाडौं : शुक्रबार छापावाल सुन प्रति तोलामा ६ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रति तोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ। बिहिबार सुनको भाउ प्रति तोला ९१ हजार ५ सय रुपैयाँ रहेको थियो। हिजो तोलामा ४ सयले घटेको थियो।

त्यसैगरी, तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

SHARE