सुनको भाउ ह्वात्तै घट्यो

0
19

काठमाडौं :आज सुनचाँदीको मूल्य घटेको छ। छापावाल सुन प्रति तोलामा ४ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ।

बुधबार सुनको भाउ प्रतितोला ९१ हजार ९ सय रुपैयाँ रहेको थियो। त्यसैगरी, तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

SHARE