कागजी बादशाह केपी ओली ढलेको घोषणा गर्न मात्र बाँकी छ : रामकुमारी झाँक्री

0
725
फाइल फोटो

माघ २८,०७७ काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कागजी बादशाहको संज्ञा दिएकी छन्।
आज काठमाडौंमा आयोजना गरेको प्रचण्ड–माधव समूहको भेलालाई सम्‍बोधन गर्दै उनले कागजी तानाशाही ओली ढलिसकेको र घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरिन्।
सभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघकी अध्यक्ष अमृता थापा मगरले आफूहरूले ओलीको सत्ता ढालेरै छाड्ने चेतावनी दिइन्। यही माघ २३ गते दरबारमार्गमा आयोजित भेलामा ओलीले आँसु झारेको प्रसंग उल्लेख गर्दै उनले पश्चाताप लागेको भए बालुवाटारबाट बालकोट निवासमा फर्कन सुझाएकी छन्।

SHARE