कांग्रेसले प्रतिपक्षमै बसेर सकारात्मक भूमिका निभाएको छ : बरिष्ठ नेता पौडेल

0
292

सुशीला रेग्मी
माघ २३,२०७७ पाल्पा : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षमा रहेर सकारात्मक भूमिका निभाएको बताएका छन् । पाल्पाको रामपुरमा शुक्रवार नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रतिपक्षको रुपमा रहेपनि सरकारका राम्रा कार्यमा कांग्रेसले सहयोग गरिरहेको बताए ।
केपी ओलीले देशलाई निरकुंशतातिर लैजान खोजे
नेकपाको बहुमत सहितको केपी ओली सरकारले प्रतिनिधि सभा बिघटन गरेर देशलाई निरकुंशतातिर लैजान खोजेको आरोप लगाउँदै बरिष्ठ नेता पौडेलले संबिधानको रक्षाका निम्ति कांग्रेसले आन्दोलन गर्नु परेको दाबी गरे ।
कम्युनिष्ट माथी नेपाली जनताले जुन आशा, भरोसा र अपेक्षा गरेर बहुमत दिएर सरकारको नेतृत्वमा पठाए त्यो आशा भरोसा नेकपा सरकारले दिन नसकेको उनको भनाई छ । अब पार्टी, संबिधान र देश बचाउने अभियानमा कांग्रेस लाग्ने बताउँनुहुदै बरिष्ठ नेता पौडेलले आन्दोलनको गन्तव्य संबैधानिक बनाउने बताए ।
नेपाली जनताले नेकपालाई बहुमतले जनमत दिएर पठाएपनि जनमतको रक्षा गर्न नसकेको बताउँदै बरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओली नेतृत्व सरकारले गरेको संसद बिघटन कार्यले जनतामा निराशा छाएको बताए ।
बहुमतको प्रधानमन्त्रीले प्रतिनिधि सभा बिघटन कार्य संबिधानमा नभएको र विश्वासको मत लिन नसकेको अवस्थामा मात्र संसद बिघटन गर्ने अधिकार रहेको बताए । संसद बिघटन कार्य संबिधान विपरित भएको र निर्वाचन प्रक्रिया प्रजातान्त्रिक अंग हो, तर पनि त्यसको प्रक्रिया, तरिका र समय हुन्छ, चुनावै चुनाव मात्र गरेर जनतामाथी खेलवाड गर्न नहुने उनको भनाई छ ।

जनताको मतको कदर भएन

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बिघटन गरेर देशलाई निरकुंशतातिर कदम चालेकाले यसले देशमा अन्यन्तै ठुलो विषम परिस्थिती जन्म भएको बताए ।
मुलुकलाई स्थिरता दिनेतिर व्यवस्था अगाडी बढाउन, लोकतन्त्रलाई सबल गराउनलाई लामो संघर्षबाट प्राप्त भएको उपलब्धीलाई संरक्षण गर्न जनताले बहुमत सहितको नेकपालाई मत दिएपनि त्यो जनमतको कदर नेकपा नेतृत्वको सरकारले गर्न नसकेको बताए ।
नेपाली कांग्रेसका पाल्पा जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सभाका सांसद बिरबहादुर रानाले देशमा लोकतन्त्रको लागि लडेको पार्टी नेपाली कांग्रेस रहेको बताउँदै संसद बिघटन गरेर संबिधानमा नभएको काम ओली सरकारले गरेको बताए । निर्वाचनमा कांग्रेस पार्टी भाग्ने होइन तर निर्वाचनको पनि पद्धत्ति र बैधानिकता हुनुपर्ने सभापति रानाको भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रसाद आले, नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकालले कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गुर्दै लोकतन्त्रको रक्षाका निम्ति कांग्रेसले आन्दोलन गर्नु परेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नेकपा पार्टीभित्रको आन्तरिक द्धन्द्ध र कलहका कारण मुलुक संकटमा परेको बताउनुहुदै अब देशमा नेपाली कांग्रेसले नेतृत्व गर्ने बेला आएको दाबी गरे ।
रामपुर नगरपालिकाका उपप्रमुख तथा सहीद पुत्री विष्णुदेवी घिमिरे आचार्यले सहिदको योगदान र बलिदानलाई मुलुकले भुल्न नहुने तर्क गरिन् । कार्यक्रममा सहभागीलाई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विष्णुमाया ढकालको स्वागतमा कार्यक्रमको संचालन नगर सचिव चिरन्जीवी सिग्देलले गरेका थिए । कार्यक्रम नेपाली कांगे्रस रामपुर नगर कार्यसमितिका सभापति नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा भएको हो ।

SHARE