आजको आमहडतालमा १५७ जना पक्राउ, १४ सवारी साधनमा तोडफोड

0
368

माघ २२,२०७७ काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले आव्हान गरेको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित गरेको छ ।
उपत्यकामा थोरै मात्रमा सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेको र अवरोध गर्न खोज्ने १ सय ५७ जना जनालार्ई पक्राउ गरीएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।काठमाडौं उपत्यकामा मात्रै ८० जना अवरोध गर्न खोज्ने व्यक्तिलाई पक्राउ गरिएको प्रवक्ता कुँबरले बताए।

राजधानी बाहिर हेटौंडा, नारायणगढ लगायतका क्षेत्रमा सञ्चालित सवारी साधन तथा ट्रकमा ढुङ्गा प्रहार भएको र बिहान काठमाडौंको सामाखुशीमा ट्याक्सीमा आगजनी भएको छ ।

देशका विभिन्न ठाउँमा एक सरकारी गाडी सहित १४ वटा गाडीमा ढुङगा प्रहारबाट क्षति भएका अहिलेसम्म जानकारी आएको प्रवक्ता कुँवरले बताए । उपत्यकामा माइक्रोबस लगायतका सार्वजनिक सवारी साधनमा प्रहरी खटाइ सुरक्षा दिइएको र केही सार्वजनिक यातायात सञ्चालनमा रहेको बताए । संवैधानिक निकायमा भएको नियुक्ति लगायतका विषयलाई लिएर सो समूहले आज देशभर आमहड्तालको घोषणा गरेको थियो ।

SHARE