गुल्मीमा पनि कोरोना बिरुद्धको खोप , एकैदिन १०१ जनाले लगाए

0
254

माघ १५,२०७७ गुल्मी : गुल्मीमा कोभिड–१९ विरुद्धको पहिलो खोप स्वास्थ्य कार्यालय गुल्मीका उपनिर्देशक डाक्टर भवानी शर्माले लगाएका छन् ।
सदरमुकाम तम्घासमा बहुप्रतिक्षित रुपमा रहेको कोभिड–१९ विरुद्धको खोप डा।शर्मा सहित १०१ जनाले लगाएका हुन् । खोप लगाएपछि आफुलाई कुनै पनि प्रकारको समस्या नदेखिएको डा।शर्माले बताए ।

तर कोभिड–१९ विरुद्धको खोप लगाए पनि मास्ककोे अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, साबुन पानीले हातधुने जस्ता व्यवहारलाई भने बिर्सन नहुने उनले बताए । पहिलो खोपका बिषयमा आम नागरिकमा आशंकाहरु भएकाले अस्पतालका डाक्टरहरुको निगरानीमा खोप लगाउन थालिएको जानकारी दिए । पहिले माघ १७ गतेबाट जिल्लामा खोप अभियान संचालन गर्ने कार्ययोजना भए पनि पछिल्लो निर्देशन अनुसार आजबाटै यस जिल्लामा पनि खोप लगाउन सुरु गरिएको उनको भनाई छ ।

डा।शर्माले पहिलो खोप लगाएसँगै गुल्मीमा पनि कोभिड–१९ विरुद्धको खोप अभियान सुभारम्भ गरिएको हो । पहिलो खोप लगाएको चार हप्तामा अर्को लगाउनुपर्छ । पहिलो चरणमा सरकारी तथा गैरसकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सहयोगी, महिला स्वास्थ्य स्वंयसेविका, फोहोर संकलक तथा सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वहान चालक र सहचालक, शव व्यावस्थापनमा खटिएका कर्मचारीहरुलाई खोप लगाइने डा।शर्माले जानकारी दिए ।

जिल्लामा करिब माघ २४ गतेसम्म पहिलो चरणको खोप संचालन हुने बताइएको छ । अभिायनको सुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पनि कोभिड–१९ विरुद्धको खोप लगाए पनि स्वास्थ्य सुरक्षाका सवै मापदण्ड अलम्बन गर्न आग्रह गरिन् । कोभिड–१९ विरुद्धको खोप सरकारले तोकेको निर्देशिका अनुसार पहिलो चरणको खोप लगाउन शौभाग्य प्राप्त गर्ने सवैलाई धन्यवाद समेत ज्ञापन गरिन् । जीवन रक्षाका लागि लगाइने हरेक खोपको सामान्य असर देखा परेझैँ खोपको सामान्य असर देखिए पनि आत्तिनु नपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।

कोभिड–१९ विरुद्धको खोप लगाउँदै गुल्मी अस्पताल तम्घासकी डाक्टर सुष्मा थपलियाले यो खोप लगाउँदा के होला रु भन्ने डर समेत कतिपयमा रहेकाले त्यस्तो भ्रममा नपर्न आग्रह गरिन् । ‘पहिलो खोपको शंकाहरु आउनु स्वभाविक हो, मैले पनि लगाएँ केहि हुँदैन,‘थपलियाले भनिन् ‘ढुक्कले अवसरको सदुपयोग गरौ ।’

गुल्मीका लागि ४ सय १८ भायल कोरोना खोप आएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानकारी दिए । जसबाट साढे १९ सय जनाले दुवै डोज लगाउन मिल्ने छ । प्रत्येक स्थानीय तहले पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप लगाउनेहरुको तथ्यांक संकलन गरिसकेकाआर्चायले जानकारी दिए । अहिले खोप लगाउन आवश्यक मध्ये ५० प्रतिशतलाई मात्र अभियानमा सहभागी गराउने निर्णय कोभिड–१९ समन्वय तथा अनुगमन समितिले गरिसकेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी आचार्यका अनुसार माघ १५ गते स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले खोप लगाउने छन् । माघ १६ र १७ गते रेसुंगा नगरपालिका, गुल्मी दरवार, छत्रकोट, रुरु क्षेत्र र धुर्कोट गाउँपालिकाका ५ सय १२ जनाले खोप लगाउने छन् ।

त्यस्तै माघ १८ र १९ गते कालिगण्डकी, सत्यवति, चन्द्रकोट, मालिका, मदाने गाउँपालिका र मुसिकोट नगरपालिकाका ४ सय ६८, माघ २० र २१ गते रेसुंगा, गुल्मी दरवार, छत्रकोट, धुर्कोट र मदानेका ४ सय ८०, माघ २२ र २३ गते कालिगण्डकी, चन्द्रकोट, सत्यवति, इस्मा र मालिका गाउँपालिका तथा मुसिकोट नगरपालिकाका ५ सय १६ जनाले खोप लगाउने छन् । जिल्लाभरबाट छुटफुट भएकाहरुलाई माघ २४ गते खोप लगाउने कार्ययोजना कोभिड–१९ समन्वय तथा अनुगमन समितिले बनाएको छ । पहिलो चरणका सवैले गुल्मी अस्पताल तम्घास आएर खोप लगाउनुपर्नेछ ।

SHARE