आज २१३ संक्रमित थपिए

0
383

माघ १५,२०७७ काठमाडौं : नेपालमा मुलुकभर थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या दुई लाख ७० हजार ५ सय ८८ जना पुगेका छन्। जसमध्ये सक्रिय संक्रमित तीन हजार ३ हजार २ सय ३ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कसैको मृत्यु भएको छैन। नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार २० जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घन्टामा दुई सय ९६ जना कोरोनामुक्त भएका छन्।

SHARE