गुल्मीमा गरिब घर पहिचानका लागि गणक र सुपरिबेक्षक गाउँगाउँमा

0
44

तिलाचन पाण्डे
माघ ,२०७७ गुल्मी : गुल्मीमा गरिब घर पहिचानका लागि १२ जना सुपरिबेक्षक र ५७ जना गणक गरी कुल ६९ जना गरिबको तथ्याङक संकलनका लागि स्थानीय तहमा जाँदै छन् ।
उनीहरुलाई गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमका लागि एक हप्ताको तालिम दिई जिल्लाका स्थानीय तहहरुमा पठाइएको जिल्ला सहजकर्ता सञ्जीवनी अर्यालले जानकारी दिइन् । जिल्लाको मदाने गाउँपालिकाका १ जना सुपरिबेक्षक र ४ जना गणकहरु बिशेष कारणले गर्दा तालिममा सहभागी हुन नसकेको उनले बताइन् ।
गणकहरुले सफ्टवयर मार्फत हरेक परिवारको घरमुलीलाई भेटी विवरण संकलन गर्नेछन ।उक्त तथ्याङक जिपिएस् प्रणालीबाट गणकले भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा पठाउछन् । सफ्टवयरबाट प्राप्त भएको तथ्याङकका आधारमा मन्त्रालयले गरिब र गैर गरिब परिवारहरुको छनोट गर्नेछ । गरिब परिवारहरुलाई पनि गरिब, मध्यम गरिब र अति गरिब गरी तीन भागमा विभाजन गर्छ र उक्त तथ्याङक पालिकामा पठाउँछ ।
पालिकाले अति गरिब परिवारलाई रातो कार्ड, मध्यम गरिब परिवारलाई पहेँलो तथा गरिब परिवारलाई हरियो कार्ड प्रदान गर्छ । अहिले जिपिएस् प्रणालीबाट काम हुने भएकोले सही तथ्याङक संकलन हुने गुल्मीका सरोकारवालहरुले बताएका छन्् । गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गाउँमा नम्र र शिष्ट भाषा प्रयोग गरेर तथ्याङक संकलन गर्न गणकहरुलाई निर्देशन दिइन् ।

SHARE